लोक सेवा आयोग : बस्तुगत प्रश्नोत्तर


काठमाडौँ

१. देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ? 

 भादा, कैलाली (विसं २०८२ वैशाख)

थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले सो घोषणा गरेको ।

धनगढी उपमहानगरपालिका –१६ स्थित यो गाउँमा २०६७ सालदेखि होमस्टे सुरु गरिएको ।

यसै गरी बर्दियाको डल्ला होमस्टे दोस्रो र काठमाडौँको हाँडीगाउँ होमस्टे तेस्रो उत्कृष्ट घोषित भएका ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल उपर्युक्त होमस्टे व्रmमशः रु. एक लाख, रु. ७५ हजार र रु. ५० हजार पुरस्कारका हकदार बनेका ।

२. न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी को हुनुहुन्छ ?

 ज्ञानीशोभा तुलाधर

न्यू विजनेस एज लिमिटेडले उद्यमशीलतामा लागेका महिला उद्यमीलाई प्रोत्साहन गर्न र उनीहरूले दिएको योगदानको कदर गर्न सन् २०२१ देखि बर्सेनि यो अवार्ड प्रदान गर्दै आएको ।

बेस्ट वुमन इन्टरप्रेनर  आभा शाह

इन्सपाइरिङ वुमन इन्टरप्रेनरः  गङ्गा छन्त्याल

युथ वुमन इन्टरप्रेनर  केश्मा थापा

प्रोफेसनल वुमन अफ एक्सिलेन्स सङ्गीता थापा

वुमन इन टेक  सुनैता पाण्डे

इमर्जिङ इन्टरप्राइजिङ

वुमन अफ दि इयर ः  दीपा गुरुङ (कोशी),

कविता खड्का (मधेश),

गीता अमात्य (बागमती),

रजनी शर्मा चपाईं (गण्डकी),

प्रेमकुमारी पुन (लुम्बिनी)

कलसादेवी चौलागाई (कर्णाली),

इन्दिरा रेग्मी (सुदूरपश्चिम)

३. वल्र्ड इको आउटलुकको प्रतिवेदन (सन् २०२५ मे) अनुसार भारत विश्वको कति औँ अर्थतन्त्र बनेको छ ?

  चौथो

सो प्रतिवेदन अनुसार जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठुलो अर्थतन्त्र बनेको ।

भारतको जिडिपी सन् २०२५ अप्रिल महिनामा बढेर ४.१८७ ट्रिलियन डलर पुगेको सो प्रतिवेदनमा उल्लेख गरिएको । जापानको जिडिपी ४.१८६ ट्रिलियन डलर रहेको ।

आउटलुक प्रतिवेदन अनुसार आगामी तीन वर्षमा भारतले जर्मनीलाई उछिनेर विश्वको तेस्रो ठुलो अर्थतन्त्र बन्ने अनुमान रहेको ।

वल्र्ड इको आउटलुकको प्रतिवेदन अनुसार प्रमुख पाँच अर्थतन्त्र

देश अर्थतन्त्र (अमेरिकी डलर)

अमेरिका ३०.५०७ ट्रिलियन

चीन १९.२३१ ट्रिलियन

जर्मनी ४.७४४ ट्रिलियन

भारत ४.१८७ ट्रिलियन

जापान ४.१८६ ट्रिलियन

४. राष्ट्रिय पत्रकारिता दिवस कहिले मनाइन्छ ?

 वैशाख २४

मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको विसं १९५८ वैशाख २४ गतेको स्मरणमा हरेका वर्षको वैशाख २४ गते यो दिवस मनाइने ।

विसं २०७३ देखि राष्ट्रिय पत्रकारिता दिवस मनाउन थालिएको ।

५. नेपाल सरकार र आन्दोलनरत शिक्षकबिच नौ बुँदे सहमति कहिले भएको हो ?

 विसं २०८२ वैशाख १७

विसं २०८१ चैत्र २० देखि सुरु भएको आन्दोलन चैत्र–वैशाखको प्रचण्ड गर्मी झेल्दै २९ औँ दिनमा नौ बुँदे सहमति कायम भई रोकिएको ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा सञ्चालित सो आन्दोलनले विद्यालय शिक्षा ऐन र शिक्षक एवं विद्यालय कर्मचारीका सेवा सुविधासम्बन्धी विविध मागहरूलाई प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरेको थियो ।

विसं २०८२ असार १५ गतेभित्रै प्रतिनिधि सभाबाट विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता

गरिएको छ ।

६. हाल देशका कति स्थानीय तहमा बैङ्किङ पहुँच पुगेको छ ?

 ७५३

सबैभन्दा पछि बैङ्किङ शाखा पुगेको पालिका बझाङको साइपाल गाँउपालिका हो ।

सरकारले आव २०८१÷८२ को बजेटमा यसै वर्ष साइपालमा बैङ्क शाखा पुर्याउने घोषणा गरेको थियो ।

२०८२ जेष्ठ ४, आईतवार १५:०९ प्रकाशित
ट्रेन्डिङ समाचार