डा. विश्व पौडेलविरुद्धको रिट सर्वोच्चबाट खारेज


काठमाडौँ। नेपाल राष्ट्र बैंकका सम्भावित गभर्नर डा. विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदन खारेज भएको छ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्तिमा कानुनी प्रक्रिया नपुगेको भन्दै रिट दायर गरेका थिए।

रिटमा डा. पौडेललाई गभर्नर सिफारिस समितिबाट प्रस्ताव नगरिएको, पत्रपत्रिकाको आधारमा निवेदन दर्ता गरिएको र जनहितमा कसरी असर परेको भन्ने विषय स्पष्ट नभएको उल्लेख गर्दै सर्वोच्च अदालतले दरपिठ गर्ने निर्णय गरेको हो।

यससँगै डा. पौडेलको गभर्नर नियुक्तिका विषयमा देखिएको कानुनी अन्योल हटेको देखिन्छ।

२०८२ जेष्ठ २, शुक्रबार १४:४१ प्रकाशित
ट्रेन्डिङ समाचार