
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५९ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ।
बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार, विभिन्न मन्त्रालय, आयोग, र स्थानीय तहमा कार्यरत अधिकृतहरूको कार्यक्षमता र आवश्यकताका आधारमा सरुवा गरिएको हो।
सरुवा भएका अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएको छ। यस निर्णयले स्थानीय तहमा प्रशासनिक सेवा प्रवाहलाई सुदृढ बनाउने अपेक्षा गरिएको छ।
सरुवा भएका शाखा अधिकृतहरूको नामावली र खटाइएको स्थानहरूको विस्तृत विवरण मन्त्रालयको आधिकारिक वेबसाइटमा उपलब्ध छ।
२०८२ जेष्ठ २, शुक्रबार १४:३५ प्रकाशित