ADVERTISEMENT

सांसद बस्नेत भ्रष्टाचार मुद्दापछि निलम्बनमा

काठमाडौँ। नेपाली कांग्रेसका सांसद तथा पूर्व सञ्चारमन्त्री मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद स्वतः निलम्बन भएको छ।

टेलिकम ट्राफिक मोनिटरिङ प्रणाली (टेरामक्स) खरिदमा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध तीन अर्बभन्दा बढी रकम सम्बन्धी मुद्दा विशेष अदालतमा दायर गरेको हो।

अख्तियार सम्बन्धी ऐनअनुसार मुद्दा दायर भएलगत्तै सार्वजनिक पदधारीको पद स्वतः निलम्बन हुने प्रावधान छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार