प्रहरी नायव निरीक्षक खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित


काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सई राजनबहादुर खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन्।

अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र फरार अभियुक्त पक्राउमा उल्लेखनीय भूमिका खेलेको भन्दै एसएसपी रमेश बस्नेतले खड्कालाई सम्मान गरेका हुन्। खड्का लामो समयदेखि अनुसन्धान शाखामा कार्यरत छन्।

२०८२ जेष्ठ १, बिहीबार १५:३९ प्रकाशित
ट्रेन्डिङ समाचार