
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सञ्चारमन्त्री मोहन बस्नेत, पूर्व कानून सचिव धनराज ज्ञवालीसहित १६ जनाविरुद्ध विशेष अदालतमा तीन अर्बभन्दा बढी भ्रष्टाचार मुद्दा दायर गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणले “टेरामक्स प्रणाली” खरिदमा अनियमितता गरेको ठहर गर्दै उनीहरूलाई आरोपित गरिएको हो। पूर्व मन्त्री बस्नेतले कानुनी प्रक्रिया नअपनाई एकल निर्णयमा टेरामक्स खरिद गर्न निर्देशन दिएको आयोगको दाबी छ।
अन्य आरोपीमा प्राधिकरणका पूर्व अध्यक्ष, सदस्य, निर्देशक, उपनिर्देशक र विदेशी परामर्शदाता कम्पनीका प्रतिनिधिहरू छन्। मिलेमतोमा ठेक्का प्रक्रिया अघि बढाई राज्यलाई आर्थिक हानी पुर्याएको भन्दै मुद्दा दायर गरिएको हो।
२०८२ जेष्ठ १, बिहीबार १५:३५ प्रकाशित