शोभाकान्त पौडेल सचिवमा बढुवा


काठमाडौँ। सहसचिव शोभाकान्त पौडेललाई नेपाल सरकारको सचिव पदमा बढुवा गरिएको छ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा रिक्त रहेको सचिव पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

पूर्व सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएपछि उक्त पद रिक्त थियो। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले पौडेलको नाम सचिवमा बढुवाका लागि सिफारिस गरेको थियो।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन र ज्येष्ठताको आधारमा गरिएको बढुवा प्रक्रियाअनुसार पौडेल सबैभन्दा ज्येष्ठ सहसचिवका रूपमा सचिवमा सिफारिस भएका हुन्।

२०८२ जेष्ठ १, बिहीबार १२:४० प्रकाशित
ट्रेन्डिङ समाचार