लोक सेवा आयोगद्वारा उपसचिवको अन्तिम नतिजा सार्वजनिक


काठमाडौँ। लोक सेवा आयोगले उपसचिव पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ।

आयोगको केन्द्रीय कार्यालयले ३० वैशाख २०८२ मा जारी गरेको सूचनाअनुसार नेपाल लेखापरीक्षण सेवा, नेपाल प्रशासन सेवा (राजश्व, लेखा, र सामान्य प्रशासन समूह), तथा नेपाल न्याय सेवा (कानुन र न्याय समूह) तर्फका उपसचिव पदको अन्तिम नतिजा प्रकाशित गरेको हो।

यस अन्तर्गत लिखित, कंप्युटर सीप परीक्षा र अन्तर्वार्ता सम्पन भएका उम्मेदवारमध्ये अन्तिम छनोटमा परेका उम्मेदवारहरूको नामावली आयोगको वेबसाइटमा उपलब्ध गराइएको छ।

आयोगले सफल उम्मेदवारहरूलाई तोकिएको मिति भित्र कागजातहरू बुझाउन र नियुक्ति प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ।

२०८२ बैशाख ३१, बुधबार १५:५१ प्रकाशित
ट्रेन्डिङ समाचार