
काठमाडौँ। लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणअन्तर्गत प्रशासन सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
आयोगको केन्द्रीय कार्यालयले ३० वैशाख २०८२ मा जारी गरेको सूचनामा, बागमती प्रदेशका लागि खुला तथा समावेशी प्रतिस्पर्धाबाट सिनियर मिटर रिडर र सहायक लेखापाल पदमा लिइएको परीक्षाको नतिजा प्रकाशित गरिएको उल्लेख छ।
उक्त नतिजाका आधारमा सफल उम्मेदवारहरूलाई अन्तर्वार्ताका लागि छनोट गरिएको छ।
आयोगले उम्मेदवारहरूलाई आवश्यक प्रमाणपत्रसहित निर्धारित मिति र समयमा उपस्थित हुन अनुरोध गरेको छ। विस्तृत नतिजा र अन्तर्वार्तासम्बन्धी जानकारी आयोगको वेबसाइटमा हेर्न सकिने छ।
२०८२ बैशाख ३१, बुधबार १५:४४ प्रकाशित