काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश जारी गर्दै सरकार पक्षलाई मिश्रको थुनाबारे स्पष्ट कारण पेश गर्न निर्देशन दिएको हो।
मिश्रकी पत्नी सरिका कार्कीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण निवेदन दायर गर्दै आफ्नो पतिको गिरफ्तारी गैरकानुनी भएको दाबी गरेकी थिइन्। निवेदनमा मिश्रलाई कानुनी प्रक्रिया बिना थुनामा राखिएको भन्दै रिहाइको माग गरिएको थियो।
अदालतको आदेशसँगै अब सम्बन्धित निकायले मिश्रको गिरफ्तारी किन गरियो भन्नेबारे स्पष्ट विवरण अदालतमा पेस गर्नु पर्नेछ।
२०८२ बैशाख ३१, बुधबार १५:२८ प्रकाशित

