ADVERTISEMENT

हुलाक कार्यालयका ६ कर्मचारीविरुद्ध पाँच करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

काठमाडौँ । हुलाक बचत बैंकको रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुलाक कार्यालयका पूर्वप्रमुख र नासुसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जिल्ला हुलाक कार्यालय, बाराका तत्कालीन कार्यालय प्रमुख जयलालप्रसाद साह कानू, अदालतप्रसाद कुर्मी, बुन्नीप्रसाद यादव, सुरेन्द्रप्रसाद यादव, सुजितकुमार साह र नासु बलीरामप्रसाद कुर्मीमाथि रु. ५ करोड ३५ लाख ६४ हजार २७९ रुपैयाँ हिनामिना गरेको आरोप छ।

अख्तियारको अनुसन्धानमा नासु कुर्मीले बचतकर्ताको पासबुक र लेजर बुकमा मात्र रकम देखाएर नगदी रजिष्टरमा अभिलेख नगर्ने, बैंकमा नगद नजमाउने र हाकिमहरूसँग मिलेमतो गरी रकम दुरुपयोग गर्ने गरेको खुलेको छ।

यो प्रकरणले सरकारी संस्थामा आर्थिक अनुशासनको गम्भीर प्रश्न उठाएको छ। आयोगले दोषीहरूमाथि कानुनी कारबाही गर्न विशेष अदालतमार्फत प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार