अब सिटिइभिटीमा विद्यार्थी भर्ना ‘जिपिए’ का आधारमा


काठमाडौँ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले अबदेखि एसइईमा प्राप्त ‘जिपिए’ अंकलाई आधार मानेर विद्यार्थी भर्ना गर्ने भएको छ।

सिटिइभिटीका परीक्षा नियन्त्रक उमेश मिश्रका अनुसार यसअघि लिइँदै आएको प्रवेश परीक्षालाई हटाएर प्राप्त जिपिएको आधारमा विद्यार्थी छनोट गरिनेछ। यस निर्णयले पूर्वतयारी कक्षाको नाममा रकम असुल्ने गुनासो हटाउने विश्वास गरिएको छ।

नयाँ व्यवस्था अनुसार सरकारी विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई थप १ अंक र निजी विद्यालयबाट उत्तीर्ण गरेकालाई ०.८५ अंकको बोनस दिइनेछ।

सिटिइभिटीले अनलाइनमार्फत फारम भर्ने व्यवस्था मिलाएको छ, जसमा आंगिक र निजी कलेजहरूले विद्यार्थीलाई सहयोग गर्नेछन्।

हाल देशभर ६३ वटा आंगिक र करिब ४ सयभन्दा बढी सम्बन्धनप्राप्त कलेजमा हरेक वर्ष २५ हजारभन्दा बढी नयाँ विद्यार्थी भर्ना हुने गरेको सिटिइभिटीले जनाएको छ।

 

२०८२ बैशाख ३०, मंगलवार १२:२४ प्रकाशित
ट्रेन्डिङ समाचार