उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास


काठमाडौँ । उच्च सरकारी वकील कार्यालय, पाटनको आधुनिक भवन निर्माण कार्य सुरु भएको छ।

बुद्धजयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेपालका महान्यायाधिवक्ता रमेश बडालले शिलान्यास गर्दै भवन निर्माण सुरुवात भएको घोषणा गरे।

महान्यायाधिवक्ता बडालले सरकारी वकीलको कार्यसम्पादनलाई अझ प्रभावकारी बनाउन भवन निर्माण महत्वपूर्ण हुने बताएका छन्। उनले काम गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिए।

शिलान्यास कार्यक्रममा उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवर, पाटनका सहन्यायाधिवक्ता शंकर खत्री, ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, रजिष्ट्रार तथा बार इकाईका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

झण्डै २६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको भवन आधुनिक सुविधासम्पन्न साततले हुनेछ।

भवन निर्माणका लागि आवश्यक जग्गा प्राप्ति, डिजाइन, डिपिआर तथा बजेट व्यवस्थापनमा सहयोग गर्ने सबै सरोकारवालालाई धन्यवाद व्यक्त गरिएको थियो।

 

२०८२ बैशाख २९, सोमबार १५:१४ प्रकाशित
ट्रेन्डिङ समाचार