
काठमाडौँ। नेपालमा आज ७३औँ कानुन दिवस मनाइएको छ।
न्यायपालिकाको सुदृढीकरण, विधिको शासन र सर्वसाधारणको न्यायमा पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित देशभर विविध कार्यक्रम आयोजना गरिएको छ।
यो दिवस विसं २००९ साल वैशाख २६ गते राजा त्रिभुवनबाट प्रधान न्यायालय ऐनमा लालमोहर लगाइएको ऐतिहासिक दिनको सम्झनामा मनाइन्छ। सोही कानुनी जगबाट नेपालमा सर्वोच्च अदालतको स्थापना भएको हो।
सर्वोच्च अदालतको आयोजनामा आज अपराह्न विशेष कार्यक्रम सम्पन्न हुने भएको छ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथि तथा प्रधानमन्त्री केपी शर्मा ओली विशिष्ट अतिथि रहनेछन्।
२०८२ बैशाख २६, शुक्रबार १२:०४ प्रकाशित