
पछिल्ला ४८ घण्टामा देशभरका सीमावर्ती क्षेत्रमा १,८४४ स्थानमा चेकप्वाइन्ट स्थापना गरिएको प्रहरीले बताएका छन्।
प्रहरीका अनुसार यस अवधिमा ३१२ पटक गस्ती गरिएको छ। जसमा ८४ संयुक्त र २२८ एकल गस्ती सामेल छन्। भारतीय समकक्षी एसएसबीसँग मंगलबार २०, बुधबार १६ र बिहीबार ४८ संयुक्त गस्ती सञ्चालन गरिएको हो। यसैगरी, एकल गस्ती मंगलबार ८९, बुधबार ६४ र बिहीबार ७५ पटक गरिएको थियो।
छ बटालियनअन्तर्गत देशभर फैलिएका प्रमुख सीमा इलाकाहरूमा १० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। अवैध गतिविधि नियन्त्रण गर्न स्थानीय प्रशासन, प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र समुदायसँग समन्वय गरी आवतजावतको निगरानी कडाइका साथ भइरहेको प्रहरीको भनाई छ।
तर, ऐतिहासिक रूपमा चलिआएको नेपाल–भारतबीचको पारम्परिक ओहोरदोहोर नरोकिने गरी सहज आवतजावतको व्यवस्था समेत मिलाइएको छ।