सुनको भाउमा लगातार उकालो लाग्दै , दुई दिनमै ७ हजारले बढ्यो मूल्य


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लाग्दै दुई दिनमै प्रतितोला ७ हजार रुपैयाँले वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्र प्रतितोला ५ हजार ३ सय रुपैयाँले बढेको सुनको मूल्य बुधबार थप १ हजार ७ सय रुपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रुपैयाँ पुगेको छ।

मंगलबार छापावाल सुन १ लाख ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

अर्कोतर्फ, चाँदीको मूल्य भने स्थिर देखिएको छ। मंगलबार प्रतितोला १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा किनबेच भइरहेको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔंस ३३८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसको प्रभाव नेपाली बजारमा समेत देखिएको हो।

२०८२ बैशाख २४, बुधबार ११:४८ प्रकाशित
ट्रेन्डिङ समाचार