ADVERTISEMENT

सहायक प्रबन्धक विरुद्धको मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंक इनरुवा शाखामा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडा विरुद्धको मुद्दामा विशेष अदालतको फैसला असन्तोषजनक भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ।

खतिवडाले विद्यालयको खाताबाट किर्ते कागजातमार्फत रु ५ लाख ६० हजार हिनामिना गरेको आरोपमा मुद्दा चलेको थियो। विशेष अदालतले उनलाई आंशिक सफाइ दिएको थियो।

आयोगले सो फैसला कानुनविपरित रहेको दाबी गर्दै सर्वोच्चमा पुनरावेदन गरेको हो।

 

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार