
काठमाडौँ । नेपाली सेनाले देशभरका आफ्ना शिक्षण संस्थाहरूका लागि करार सेवामा २ कर्मचारी र ३० शिक्षकको माग गर्दै दरखास्त आह्वान गरेको छ।
सैनिक कल्याणकारी निर्देशनालयले सोमबार सूचना जारी गर्दै दैनिक ज्यालादारी आधारमा सेवासुविधा बुझ्ने गरी आवश्यक पदपूर्तिको प्रक्रिया सुरु गरेको हो।
सेनाले भक्तपुर, विजेश्वरी, बाँसवारी, छाउनी, बुटवल, पोखरा, महोत्तरी, चितवनलगायतका सैनिक विद्यालयहरूमा शिक्षक आवश्यकता रहेको जनाएको छ। योग्य र इच्छुक नेपाली नागरिकले आगामी वैशाख २८ गतेभित्र दरखास्त दिन सक्नेछन्।
आवेदन दिने सम्बन्धमा विस्तृत जानकारी सैनिक कल्याणकारी निर्देशनालयको वेबसाइट वा सम्बन्धित विद्यालयमा प्राप्त गर्न सकिनेछ।
२०८२ बैशाख २२, सोमबार १८:४४ प्रकाशित