नेप्से परिसूचकमा गिरावट


काठमाडौँ। नेप्से परिसूचक आइतबार पुनः घटेर २६२०.३९ विन्दुमा झरेको छ। दिनभरको कारोबार अवधिमा नेप्से ३.४४ अंकले घटेको हो।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको देखिएको छ। बुधबार ९ अर्ब ३७ करोड रुपैयाँको कारोबार भएकोमा आइतबार ९ अर्ब २४ करोडमा सीमित रह्यो।

यस दिन ३२२ वटा धितोपत्रको दुई करोड १९ लाख कित्ता सेयर किनबेच भएको हो।

साताको सुरुवातमा ११७ कम्पनीको सेयर मूल्य बढ्दा १२८ कम्पनीको घटेको देखियो। नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स र अपर सोलु हाइड्रोको मूल्य क्रमशः १० र ९.९९ प्रतिशतले वृद्धि हुँदै सर्किट लेभलमा पुगे।

विन नेपाल लघुवित्त भने १० प्रतिशतले घट्दै २६२१.९० रुपैयाँमा झरेको छ। रिभर फल्स पावरको मूल्य ७.५५ प्रतिशतले घटेर ५९३.०७ रुपैयाँमा कायम भएको छ।

यस दिन सबैभन्दा बढी कारोबार सानिमा माई हाइड्रोपावरको भयो। कम्पनीको ६० करोड ४८ लाख बराबरको सेयर ५८३.१० रुपैयाँको दरमा किनबेच भयो। दोस्रो स्थानमा रहेको ङादी ग्रुप पावरको सेयर कारोबार ५५ करोड १४ लाख रुपैयाँको रह्यो।

१३ वटा समूहगत परिसूचकहरूमध्ये पाँच समूहमा वृद्धिदर देखिए पनि बाँकी आठ समूह घटेका छन्।

वित्त समूहको परिसूचक १.३० प्रतिशतले घट्दै सबैभन्दा बढी गिरावट आएको हो।

 

२०८२ बैशाख २१, आईतवार १६:३१ प्रकाशित
ट्रेन्डिङ समाचार