शाखा अधिकृत विष्ट चार दिनको हिरासतमा, अनधिकृत पत्र प्रकरणमा अनुसन्धान अघि बढ्दै


काठमाडौँ। सर्वोच्च अदालतको नामबाट अनधिकृत रूपमा पत्र पठाएको अभियोगमा पक्राउ परेका शाखा अधिकृत महिमानसिंह विष्टलाई चार दिनको हिरासतमा राख्न अनुमति दिइएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौँले प्रहरीलाई अनुसन्धानका लागि विष्टलाई चार दिनसम्म हिरासतमा राख्न अनुमति दिएको हो।

प्रहरीका अनुसार विष्टले सर्वोच्चको अधिकारबाहिर गएर नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीसम्बन्धी पत्र लेखेको स्वीकार गरेका छन्।

यस घटनापछि सर्वोच्च अदालतले पत्रलाई अमान्य घोषणा गर्दै प्रहरी र सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न निर्देशन दिएको थियो।

विष्टमाथि मुलुकी अपराध संहिता अन्तर्गत आपराधिक कार्यको अनुसन्धान अघि बढाइएको जनाइएको छ।

२०८२ बैशाख १९, शुक्रबार १७:५६ प्रकाशित
ट्रेन्डिङ समाचार