चिकित्सा सेवामा पनि आरक्षण लागू गर्ने सरकारको घोषणा


काठमाडौँ। सरकारले अब उत्पीडित वर्ग र समुदायका व्यक्तिहरूलाई चिकित्सा सेवामा समेत आरक्षणको व्यवस्था गर्ने योजना अघि सारेको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा स्पष्ट पारे। यसअघिसम्म उच्च शिक्षामा मात्र आरक्षण दिइएको भए पनि अब चिकित्सा सेवामा समेत समान पहुँच सुनिश्चित गर्न यो कदम चालिएको बताइएको छ।

सरकारको यो घोषणालाई सामाजिक समावेशिता र न्यायिक पहुँचको दृष्टिले महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

 

२०८२ बैशाख १९, शुक्रबार १७:५१ प्रकाशित
ट्रेन्डिङ समाचार