काठमाडौँ। हालै नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बिहान १० बजे गर्बुजालाई शपथ दिलाउने कार्यक्रम तय गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा गर्बुजालाई राज्यमन्त्रीमा नियुक्त गरेका थिए। यसअघि वैशाख १० गते पूर्णबहादुर तामाङलाई पदबाट हटाएपछि उक्त जिम्मेवारी खाली थियो।
गर्बुजा नेपाली काँग्रेस म्याग्दीका सभापति हुनुका साथै प्रतिनिधिसभामा सोही क्षेत्रबाट निर्वाचित सांसद हुन्। उनी आजै बस्ने मन्त्रिपरिषद्को बैठकमा पनि सहभागी हुने सम्भावना छ।
२०८२ बैशाख १९, शुक्रबार १२:२० प्रकाशित


