सुनको मूल्य स्थिर हुँदा ,चाँदीको मूल्यमा वृद्धि


काठमाडौँ । नेपाली सुनचाँदी बजारमा शुक्रबार सुनको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर देखिएको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन शुक्रबार प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमै कारोबार भइरहेको छ, जुन मूल्य बिहीबारको मूल्यसँग समान हो।

तर चाँदीको मूल्य भने प्रतितोला १५ रूपैयाँले वृद्धि भएको छ। बिहीबार एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार नौ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा भने शुक्रबार सुनको मूल्य प्रतिऔंस ३२ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।

२०८२ बैशाख १९, शुक्रबार १२:०८ प्रकाशित
ट्रेन्डिङ समाचार