विद्यालय कर्मचारीको असहमति: सरकार-शिक्षक महासंघबीचको ९ बुँदे सहमति अस्वीकार, आन्दोलनको घोषणा


काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच भएको ९ बुँदे सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले छुट्टै आन्दोलन गर्ने घोषणा गरेको छ।

परिषद्ले बुधबार साँझ बसेको आकस्मिक बैठकमार्फत आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो।

विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारसँग भएको सहमति आफूहरूलाई मान्य नभएको भन्दै त्यसविरुद्ध छुट्टै आन्दोलन थालिने बताएका छन्।

रत्नराज्य माविमा आयोजित सहमति जानकारी कार्यक्रममा पनि कर्मचारीहरूले विरोध जनाएका थिए।

 

२०८२ बैशाख १८, बिहीबार १६:२९ प्रकाशित
ट्रेन्डिङ समाचार