गभर्नर सिफारिस समितिमा महाप्रसाद अधिकारी नियुक्त


काठमाडौँ । नेपाल सरकारको मन्त्रिपरिषद्ले गभर्नर सिफारिस समितिको रिक्त सदस्यका रूपमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

यसअघि समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई सदस्य थिए। तर उनले राजीनामा दिएपछि उक्त स्थानमा अधिकारीलाई ल्याइएको हो।

गभर्नर नियुक्तिको प्रक्रिया अघि बढाउने उद्देश्यसहित समितिको पुनःसंरचना गरिएको हो।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १५ अनुसार गठन भएको सिफारिस समितिको नेतृत्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गरिरहेका छन्। समितिमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्रा. डा. विश्वनाथ पौडेल सदस्य छन् भने अब अधिकारीले पूर्वगभर्नरको हैसियतमा जिम्मेवारी सम्हाल्नेछन्।

२०८२ बैशाख १८, बिहीबार १०:४४ प्रकाशित
ट्रेन्डिङ समाचार