शैक्षिक हड्ताल स्थगित, नियमित कक्षा सञ्चालन गर्न शिक्षक महासंघको निर्देशन


काठमाडौँ । नेपाल शिक्षक महासंघले पछिल्लो समय जारी शैक्षिक हड्ताल स्थगित गर्ने निर्णय गरेको छ।

सरकारसँग ९ बुँदे सहमति भएलगत्तै महासंघले देशभरका शिक्षकहरूलाई नियमित कक्षा सञ्चालनमा फर्किन निर्देशन दिएको हो।

महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले एक विज्ञप्तिमार्फत शैक्षिक गतिविधिहरूमा फर्किन आह्वान गर्दै विद्यार्थी भर्ना र परीक्षा कार्यमा पनि सक्रिय सहभागिता जनाउन शिक्षक कर्मचारीहरूलाई अनुरोध गरेका छन्।

चैत २० गतेदेखि काठमाडौँमा केन्द्रित आन्दोलनरत महासंघले शिक्षा ऐन संशोधन लगायतका माग राख्दै दबाबमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको थियो। सुवेदीले सहमति कार्यान्वयन नभए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन्।

२०८२ बैशाख १८, बिहीबार १०:३९ प्रकाशित
ट्रेन्डिङ समाचार