
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा नियुक्त गरेका छन्।
बुधबार संविधानको धारा ७६ को उपधारा (९) बमोजिम गर्बुजालाई पदमा नियुक्त गरिएको हो।
हालै मात्र १० वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन राज्यमन्त्री पूर्णबहादुर तामाङलाई पदबाट हटाएपछि रिक्त रहेको पदमा गर्बुजा नियुक्त भएका हुन्।
प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका गर्बुजा काँग्रेसभित्र अनुभवी नेता मानिन्छन्।
पार्टी संगठन तथा जनसम्पर्कमा सक्रिय भूमिका निर्वाह गर्दै आएका गर्बुजाको यो नियुक्ति ऊर्जा क्षेत्रको नीतिगत तहमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
२०८२ बैशाख १८, बिहीबार १०:३२ प्रकाशित