काठमाडौँ । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य सामान्य रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँले वृद्धि भएको हो।
यो वृद्धिपछि छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँ पुगेको छ। सोमबार सोही सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार पनि चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्यसँग समान हो।
२०८२ बैशाख १६, मंगलवार ११:१३ प्रकाशित


