पाँच महिना गृह मन्त्रालयमा बसेपछि सहसचिव बास्तोलाले पाए जिम्मेवारी


काठमाडौँ । गृह मन्त्रालयमा पाँच महिना हाजिर भएर बसेका सहसचिव बन्धुप्रसाद बास्तोलालाई अन्ततः जिम्मेवारी दिइएको छ।

गत पुस २६ गते मन्त्रालयमा कार्यभार सम्हालेका बास्तोलालाई लामो समयसम्म कुनै पद वा जिम्मेवारी नदिइ राखिएको थियो। अन्ततः आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट उनलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको हो।

निजामती सेवा ऐन २०४९ को प्रावधानअनुसार कुनै पनि कर्मचारीलाई ६० दिनभन्दा बढी जिम्मेवारीविहीन अवस्थामा राख्न नपाइने व्यवस्था छ। तर बास्तोला पाँच महिना अर्थात् करिब १५० दिनसम्म जगेडामा नै बसेका थिए।

उनको सरुवासँगै अब प्राधिकरणमा उनको सक्रिय भूमिका अपेक्षित गरिएको छ।

२०८२ बैशाख १६, मंगलवार ११:०७ प्रकाशित
ट्रेन्डिङ समाचार