काठमाडौँ । मदन भण्डारी फाउन्डेसनको नयाँ अध्यक्षमा उषाकिरण भण्डारी* सर्वसम्मत निर्वाचित भएकी छन्।
सोमबार सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले उनलाई अध्यक्ष चयन गरेको हो।
उषाकिरण भण्डारी नेकपा (एमाले) का दिवंगत नेता मदन भण्डारीकी जेठी छोरी हुन्।
त्यस्तै, सचिवमा हस्त पण्डित कोषाध्यक्षमा मीना भण्डारी निर्वाचित भएका छन्। सम्मेलनबाट ३० जना केन्द्रीय सदस्य चयन भएका छन् भने थप १४ जना पछि मनोनीत गरिने बताइएको छ।
फाउन्डेसनको स्थापना २०५५ सालमा मदन भण्डारी र जीवराज आश्रितको २०५० सालको दासढुंगा दुर्घटनापछि गरिएको हो। संस्थाले जनताको बहुदलीय जनवाद सम्बन्धी विचार जनस्तरसम्म पुर्याउने काम गर्दै आएको छ।
२०८२ बैशाख १५, सोमबार १३:३१ प्रकाशित


