सुन – चाँदीको मूल्यमा गिरावट


काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज (सोमबार) भारी गिरावट देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ एकैदिन प्रतितोला १,४०० रुपैयाँले घटेको हो।

आइतबार प्रतितोला १,८९,७०० रुपैयाँमा कारोबार भएको सुन सोमबार १,८८,३०० रुपैयाँमा झरेको छ। चाँदीको मूल्य पनि घट्दै आइतबारको तुलनामा २० रुपैयाँ घटेर आज प्रतितोला १,९७० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य ओरालो लागेको देखिएको छ, जहाँ सुनको मूल्य प्रति औंस ३,३०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सुनचाँदी बजारमा भएको यो उतारचढावले उपभोक्ता र व्यवसायी दुवैको चासो बढाएको छ।

२०८२ बैशाख १५, सोमबार १२:०६ प्रकाशित
ट्रेन्डिङ समाचार