शिक्षक आन्दोलनमा झडप: पत्रकारसहित २३ जना घाइते, झन्डै एक लाखको क्षति


काठमाडौँ । आइतबार नयाँ बानेश्वरमा भएको शिक्षक आन्दोलनको क्रममा प्रहरी र प्रदर्शनकारीबीचको झडपले तनावपूर्ण स्थिति सिर्जना गर्‍यो।

प्रहरीले दिएको जानकारी अनुसार, घटनामा तीन जना प्रहरी, एक जना पत्रकार र १९ जना शिक्षक गरी २३ जना घाइते भएका छन्।

घाइतेहरूको सिभिल, ट्रमा सेन्टर र एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ।

प्राइम टाइम टेलिभिजनकी पत्रकार सबिना कार्कीको आँखामा चोट लागेको र उनलाई तिलगंगा अस्पतालमा लगिएको छ।

प्रहरीका अनुसार आन्दोलनको क्रममा ब्यारिकेड भत्किँदा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ। उता शिक्षक महासंघले भने झडपमा परी ६१ जना शिक्षक घाइते भएको दाबी गरेको छ।

 

२०८२ बैशाख १४, आईतवार १७:३८ प्रकाशित
ट्रेन्डिङ समाचार