
काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य थोरै बढेको छ भने चाँदीको मूल्यमा केही गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला एक सय रूपैयाँले बढ्दै एक लाख ८९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सोही सुनको मूल्य एक लाख ८९ हजार ६ सय रूपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य भने घटेको देखिएको छ। शुक्रबार प्रतितोला दुई हजार रूपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार ९९० रूपैयाँमा झरेको छ, जसअनुसार मूल्यमा १० रूपैयाँको गिरावट आएको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३३१९ अमेरिकी डलरमा कारोबार भइरहेको जानकारी प्राप्त भएको छ।
२०८२ बैशाख १४, आईतवार १२:१९ प्रकाशित