साताको अन्तिम दिन नेप्से सामान्य अंकले बढ्यो, कारोबार रकममा ३० करोडको वृद्धि


काठमाडौँ। साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य २.०८ अंकले बढेर २६५८.०२ विन्दुमा पुगेर बन्द भएको छ।

लगातारको गिरावटपछि नेप्सेले सुधारको संकेत देखाएको हो।

बिहीबार कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा ३० करोड रुपैयाँले बढेर सात अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। बुधबार सात अर्ब ५७ करोडको कारोबार भएको थियो।

यो दिन ३०८ वटा धितोपत्रका एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता सेयर किनबेच भएका छन्। जसमा ८३ कम्पनीको सेयर मूल्यमा वृद्धि, १६१ को गिरावट र एक कम्पनीको मूल्य स्थिर देखिएको छ।

नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका सेयर मूल्यमा ९.९९ प्रतिशतको सर्वाधिक वृद्धि भएको छ। यता, नेपाल हाइड्रो डेभलपर्सको सेयर मूल्य ६.८८ प्रतिशतले घटेको छ भने गुराँस लघुवित्तको मूल्य ५.४१ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार भएका कम्पनीहरू:

ङादी ग्रुप पावर कम्पनीको सेयरमा सर्वाधिक ७० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ, जसको प्रतिकित्ता मूल्य ३३९ रुपैयाँ रहेको छ। यसपछि राधी विद्युत कम्पनीको ५७ करोड २३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

२०८२ बैशाख ११, बिहीबार १७:२५ प्रकाशित
ट्रेन्डिङ समाचार