पूर्वप्रहरी महानिरीक्षक दुर्लभकुमार थापाको निधन


काठमाडौँ। नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक (आईजिपी) दुर्लभकुमार थापाको निधन भएको छ।

नेपाल प्रहरीका डिआइजी दिनेश आचार्यका अनुसार थापाको मंगलबार पाटनस्थित आफ्नै निवासमा निधन भएको हो।

थापाले वि.सं. २०३५ साउनदेखि २०३९ जेठसम्म नेपाल प्रहरीको आईजिपीको जिम्मेवारी सम्हालेका थिए।

उनको अन्त्येष्टि आज पशुपति आर्यघाटमा गरिने प्रहरीले जनाएको छ।

नेपाल प्रहरी सेवा तथा राष्ट्रिय सुरक्षामा पुर्‍याएको योगदानका लागि थापाको नाम सधैं स्मरणीय रहनेछ।

 

२०८२ बैशाख १०, बुधबार १५:३० प्रकाशित
ट्रेन्डिङ समाचार