
काठमाडौँ। प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका १६ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यस्थलमा हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी महानिरीक्षकको सचिवालय, कानुन शाखाबाट जारी सूचनामा सम्पर्कविहीन प्रहरीहरूको नाम, ठेगाना र दर्नालसहितको विवरण सार्वजनिक गरिएको छ।
निर्देशनअनुसार सम्बन्धित प्रहरीहरूले बाटोको म्यादबाहेक सात दिनभित्र उपस्थित नहुँदा कानुनी कारवाही प्रक्रिया अगाडि बढाइने जनाइएको छ।
यस प्रकारको सूचना सार्वजनिक गर्नुको उद्देश्य गैरहाजिर प्रहरीहरूको कार्यसम्पादनमा जिम्मेवारी सुनिश्चित गर्नु र संस्थाको कार्यक्षमता कायम राख्नु रहेको प्रहरी कार्यालयले जनाएको छ।
२०८२ बैशाख १०, बुधबार १५:१४ प्रकाशित