ADVERTISEMENT

कक्षा १२ को परीक्षा नसारिने, निर्धारित मितिमै सञ्चालन हुने बोर्डको निर्णय

काठमाडौँ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ।

मंगलबार बसेको बोर्ड बैठकले परीक्षा समन्वय समिति मार्फत् परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको बोर्ड सदस्यले जानकारी दिएका छन्।

परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सुरू हुँदैछ।

शिक्षकहरूको जारी आन्दोलनका कारण परीक्षा प्रभावित हुने सम्भावनालाई ध्यानमा राख्दै बोर्डले विशेष बैठक बोलाएको थियो। आन्दोलनरत शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै परीक्षा बहिष्कार गर्ने घोषणा गरिसकेका छन्।

यस्तो अवस्थामा परीक्षा सुचारु गराउन बोर्डको यो निर्णय महत्त्वपूर्ण मानिएको छ। बोर्डले परीक्षा सञ्चालनका लागि सबै पक्षसँग सहकार्य गर्नुपर्ने आवश्यकता पनि औंल्याएको छ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार