काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनको मूल्यले पुनः ऐतिहासिक कीर्तिमान कायम गरेको छ।
लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज प्रतितोला १ लाख ९७ हजार ९ सय रूपैयाँमा पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।
यसअघि सोमबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार रूपैयाँमा थियो। आजको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६ हजार ९ सय रूपैयाँले बढी हो।
त्यसैगरी, चाँदीको मूल्य पनि मंगलबार केही बढेको छ। सोमबार प्रतितोला १ हजार ९ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ, जसले प्रतितोला १० रूपैयाँको वृद्धि देखाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ४८० अमेरिकी डलरमा कारोबार भइरहेको छ, जसले घरेलु बजारमा सुनको मूल्यमा सीधा प्रभाव पारेको हो।
२०८२ बैशाख ९, मंगलवार ११:३६ प्रकाशित
