डा. गुणाकर भट्टलाई गभर्नर नबनाउन माग गर्दै दायर गरेको रिट हेर्न नभ्याइने


काठमाडौँ।  डा. गुणाकर भट्टलाई नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन नपरोस् भन्ने मागसहित दायर गरिएको पूरक रिट आइतबारको पेसीमा परेको भए पनि सुनुवाइ हुन सकेन।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्च अदालतमा दायर गरेको उक्त रिट न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा ४० औँ नम्बरमा सूचीबद्ध गरिएको थियो। तर, समय अभावका कारण मुद्दा हेर्न नभ्याइनेमा राखिएको हो।

यसअघि रिटमार्फत गभर्नरको उमेर हद हटाउने निर्णयविरुद्ध पनि प्रश्न उठाइएको थियो, जसमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिँदै दुबै पक्षलाई छलफलका लागि बोलाइसकेको छ।

 

२०८२ बैशाख ७, आईतवार १७:२३ प्रकाशित
ट्रेन्डिङ समाचार