
काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्र जनताको बलिदान र संघर्षबाट स्थापित व्यवस्था भएकाले यसको विरोधमा जाने जो–कोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
व्यास नगरपालिकाको दमौलीमा आयोजित ३३औँ स्थापना दिवसमा बोल्दै उनले देशको समृद्धिका लागि यही व्यवस्थालाई मजबुत बनाउँदै अगाडि बढ्नु पर्ने धारणा राखे।
मुख्यमन्त्री पाण्डेले तीन तहका सरकारबीचको सहकार्यमार्फत देशको विकास सम्भव हुने उल्लेख गर्दै, राजनीतिक अस्थिरताको अन्त्य गर्दै वर्तमान व्यवस्थाबाट नै आर्थिक प्रगति सम्भव हुने बताए।
२०८१ चैत्र ३०, शनिबार १६:२५ प्रकाशित