रक्सी चोर्नेलाई भन्दा पशुपतिका बाँदरलाई मन्त्री बनाउँदा राम्रो : प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकमा आयोजित जागरण सभामा चैत १५ गतेको तीनकुने हिंसात्मक प्रदर्शनप्रति तीव्र आलोचना गर्दै आन्दोलनकारीहरूमाथि व्यंग्य गरेका छन्।

उनले आन्दोलनका नाममा पसल लुटपाट, आगजनी, चोरीजस्ता कार्य गरेर देश बनाउने सपना देख्नेहरूको आलोचना गर्दै भने, “रक्सी चोर्नेहरूभन्दा पशुपतिका बाँदरलाई मन्त्री बनायो भने अलिकति राम्रो हुन्छ।”

उनले जनतालाई भड्काएर राजतन्त्र फर्काउने सपना देख्नेहरूलाई सडकछाप तमासा भएको भन्दै यस्ता तत्वबाट लोकतन्त्र र विकास सम्भव नभएको तर्क गरे। साथै, आफ्नो नेतृत्वमा सरकार सधैं सकारात्मक दिशामा अघि बढिरहेको दाबी पनि गरेका छन्।

२०८१ चैत्र ३०, शनिबार १६:१७ प्रकाशित
ट्रेन्डिङ समाचार