नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त


काठमाडौँ । नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि ठूलो संख्यामा आवेदन माग गरेको छ ।

भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले आज एक सूचना जारी गर्दै सैन्य पदका लागि ठूलो संख्यामा दरखास्त आह्वान गरेको हो ।

खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

दरखास्त आजबाट वैशाख २७ गतेसम्म आवेदन दिन सकिने छ भने दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने छ ।

२०८१ चैत्र २९, शुक्रबार १२:३९ प्रकाशित
ट्रेन्डिङ समाचार