दुर्गा प्रसाईंलाई काठमाडौं ल्याउने तयारी


काठमाडौं। नेपाल प्रहरीले फरार रहेका दुर्गा प्रसाईंलाई आज साढे ११ बजे बुद्ध एअरको फ्लाइटमार्फत झापाको चन्द्रगढी विमानस्थलबाट काठमाडौं ल्याउने तयारी गरेको छ।

प्रहरी स्रोतका अनुसार, दुर्गा प्रसाईंलाई पक्राउ गर्न विशेष ब्यूरो र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारतको आसाम राज्यमा पुगेको थियो, जहाँ बिहीबार उनलाई पक्राउ गरिएको थियो। यद्यपि प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा आत्मसमर्पण गरेको दाबी प्रस्तुत गरेको छ।

प्रसाईं राजावादी आन्दोलनका मुख्य कमाण्डर थिए, जसमा १५ चैतमा भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको थियो। यसपछि प्रसाईं फरार भएका थिए र उनी भारत गएर लुकीलुकि बसिरहेका थिए।

२०८१ चैत्र २९, शुक्रबार ११:४१ प्रकाशित
ट्रेन्डिङ समाचार