कर्णाली प्रदेश सहायक चौथो (अप्राविधिक/प्राविधिक)का लागि विज्ञापन आह्वान


काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले सहायक स्तर चौथो तह (अप्राविधिक/प्राविधिक)को विज्ञापन आह्वान गरेको छ ।

आयोगले मंगलवार एक सूचना जारी गर्दै प्रदेश निजामती सेवा अन्तर्गतका सेवा र स्थानीय सेवाका सहायक स्तर चौथो तह विभिन्न सेवा समूह र उपसमूहका (अप्राविधिक/प्राविधिक) पदहरूको आन्तरिक अन्तर सेवा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका उम्मेदवारहरूले आजदेखि वैशाख २०८२।०१।२९ गतेसम्म दरखास्त दिन सक्नेछन् । साथै उम्मेदवारहरूले आयोगको अनलाइनबाट पनि दरखास्त दिन सकिने आयोगले जनाएको छ।

२०८१ चैत्र २६, मंगलवार १३:४९ प्रकाशित
ट्रेन्डिङ समाचार