ADVERTISEMENT

बीपीको सालिकमा कालोमोसो दलेको विषयमा राप्रपाले माग्यो माफी

काठमाडौँ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपालगन्जमा बीपी कोइरालाको सालिकमा कालोमोसो लगाएको घटनामा माफी मागेको छ। राप्रपाको नेपालगन्ज नगर कार्य समितिले उक्त घटना ‘भवितव्य’ भन्दै माफीको वक्तव्य जारी गरेको छ।

शनिबार, नगर कार्य समितिको आह्वानमा राँके जुलुस निकालिएको थियो जसमा प्रहरीले हस्तक्षेप गरेपछि उक्त घटना भएको बताइएको छ। राप्रपा नेपालगन्जका नगर अध्यक्ष हुकुमसिंह केसीले भनेका छन् कि यस घटनाले कुनै पनि दल र व्यक्तिको आस्थामा ठेस पुर्याएकोमा उनीहरूले माफी मागेका छन्।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार