अमेरिकामा ट्रम्प र मस्कविरूद्ध १,४०० स्थानमा प्रदर्शन


काठमाडौँ। अमेरिकाका ५० वटै राज्यमा शनिबार राष्ट्रपति डोनाल्ड ट्रम्प र डोज प्रमुख इलन मस्कविरूद्ध प्रदर्शन गरिएको छ। नागरिकहरूको आक्रोशले गर्दा देशभर १,४०० स्थानमा प्रदर्शन भएको समाचार प्राप्त भएको छ।

ट्रम्पको कार्यशैली, आप्रवासी नीति, संघीय सहायता कटौती र अन्य राष्ट्रसँगको व्यवहारका कारण अमेरिकामा विरोध बढिरहेको छ। प्रदर्शनकारीहरूले अर्बपतिहरूको सत्ता कब्जा रोक्न, जनताका सेवामा कटौती बन्द गर्न र आप्रवासी समुदायमाथिको आक्रमण रोक्नुपर्ने माग राखेका छन्।

ट्रम्पको आलोचना बढ्दो अवस्थामा उनीविरूद्ध यो पहिलो पटक ठूलो प्रदर्शन भएको हो। ६ लाखभन्दा बढी प्रदर्शनकारीहरूले शनिबार सडकमा निस्केर ‘ह्यान्ड्स अफ’ लेखिएको प्लाकार्ड बोकेका थिए।

साथै, लन्डन र पेरिसमा पनि ट्रम्पको विरोधमा प्रदर्शन गरिएको जनाएको छ।

२०८१ चैत्र २४, आईतवार १३:३१ प्रकाशित
ट्रेन्डिङ समाचार