
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ। केन्द्रीय सचिवालयको बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो।
रास्वपा सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवलको आदेशसँगै शुक्रबार साँझ पक्राउ गरिएको थियो। लामिछानेको पक्राउपछिको परिस्थिति अनुसार रास्वपाले सचिवालय बैठक बसेको थियो र बैठकले अदालत र कानुनी निर्णयको सम्मान गर्दै न्यायको लागि आगामी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।
त्यसैगरी, चैत २३ गते शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुने सभालाई शान्त र सौम्य राख्न निर्देशन दिएको छ।
२०८१ चैत्र २४, आईतवार १३:२२ प्रकाशित