सुन – चाँदीको मूल्यमा गिरावट


काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १,९०० रुपैयाँले घटेर १,७४,५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुनको मूल्य १,७६,४०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेर ७० रुपैयाँले कमी आएको छ, जसको आजको कारोबार मूल्य १,८०० रुपैयाँ रहेको छ। शुक्रबार चाँदीको मूल्य १,८७० रुपैयाँ कायम थियो।

२०८१ चैत्र २४, आईतवार ११:५५ प्रकाशित
ट्रेन्डिङ समाचार