विशेष अदालतको निर्णयविरुद्ध सर्वोच्चमा पुनरावेदन दायर


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका दुई प्रमुख मुद्दामा विशेष अदालतको निर्णयसँग असहमत हुँदै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ।

आयोगले स्वास्थ्य उपकरण खरिद मूल्याङ्कन समितिका प्रमुख चन्द्रदेव मेहता र कटहरिया नगरपालिका, रौतहटका नगरप्रमुख अजयप्रकाश विरुद्ध मुद्दा दायर गरेको थियो। स्वास्थ्य उपकरण खरिद मुद्दामा आयोगले रु २ करोड ८९ लाख ६६ हजार ५० रकम बिगो दावी गरेको थियो। विशेष अदालतले असार महिनामा उक्त मुद्दामा फैसला गरेको थियो।

त्यसैगरी, कटहरिया नगरपालिका प्रमुख अजयप्रकाशले सामुदायिक भवनमा टायल्स फ्लोरिङको काममा वास्तविक कामभन्दा बढी रकम भुक्तानी गरेको आरोपमा आयोगले रु १२ लाख ५२ हजार ९४१ बिगो दावी गरेको थियो। विशेष अदालतले यसमा पनि असार महिनामा फैसला गरेको थियो।

आयोगले यी दुवै मुद्दामा विशेष अदालतको निर्णय कानुनी दृष्टिकोणबाट सही नभएको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको जानकारी आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दिएका छन्।

२०८१ चैत्र २३, शनिबार ११:१४ प्रकाशित
ट्रेन्डिङ समाचार