फेरिए दार्चुलाका सिडिओ, सुम्पियो पौडेललाई जिम्मेवारी


काठमाडौँ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा फेरबदल गरिएको छ।

गृह मन्त्रालयले बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ अनिल पौडेललाई दार्चुला जिल्ला प्रशासन कार्यालयको प्रजिअको जिम्मेवारी सुम्पेको स्रोतले जानकारी दिएको छ।

यससँगै, दार्चुलाका वर्तमान प्रजिअ यज्ञराज जोशीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ।

२०८१ चैत्र २२, शुक्रबार १२:२६ प्रकाशित
ट्रेन्डिङ समाचार